विराटनगरमा देवरले भाउजूमाथि तेजाब प्रहार गरे

विराटनगरमा देवरले भाउजूमाथि तेजाब प्रहार गरे
विराटनगरमा तेजाब आक्रमण गरिएको घटनास्थल । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  :  विराटनगर महानगरपालिका–९ धोवियारीकी २९ वर्षीया रागिनी साहमाथि तेजाब प्रहार भएको छ । उनको अनुहारमा देवरले तेजाब प्रहार गरेका  हुन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार २२ वर्षीय श्रवण साहले घरायसी विवादका क्रममा भाउजू रागिनीमाथि सोमबार बिहान १०:१५ बजेतिर तेजाब प्रहार गरेको खुलेको छ । घटनापछि श्रवण फरार छन् । 

तेजाव प्रहारबाट रागिनीको अनुहारमा चोट लागेको छ । तर, आँखा बचेको छ । उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार उपचाररत उनको अवस्था खतरामुक्त छ । लेनदेनसम्बन्धी विवादका क्रममा देवरले भाउजूमाथि तेजाब प्रहार गरेको पाइएको डीएसपी चुँडालले बताइन् । 

घटनापछि फरार रहेका श्रवणको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाइ छ । भाउजूलाई तेजाब हानेर श्रवण भारततिर भागेको हुनसक्ने प्रहरीको अनुमान छ । 

तेजाब मानव शरीरका लागि अत्यन्त खतरनाक एवं हानिकारक रसायनिक पदार्थ हो । छालामा लाग्दा पोल्ने, पिल्साउने, दृष्टि गुम्ने र दीर्घकालीन नोक्सान पुर्‍याउने चिकित्सकहरू बताउँछन् । नेपालको कानुनले तेजाब आक्रमणलाई गम्भीर एवं दण्डनीय अपराध मानेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.