चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिएकी छन्। मंगलबार आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएकी हुन्।

'निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, विश्वसनीय, मितव्ययी र सहभागितामूलक तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने जनशक्ति, बजेट लगायत सबै किसिमका सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार छ। निर्वाचनको तयारीका सम्पूर्ण कार्यहरू तदारुकताका साथ अघि बढाउन आयोग सक्रियताका साथ लागोस्,' प्रधानमन्त्री कार्कीले भनिन्। तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने अन्तरिम सरकारको मूल जिम्मेवारी रहेको बताउँदै प्रधानमन्त्री कार्कीले सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएकी थिइन्। 

छलफलमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियामा आवश्यक पर्ने मतपेटिकालगायतका सामग्रीको पर्याप्त मौज्दात रहेको बताएका थिए। अपुग सामग्रीहरूको खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिइएको र निर्वाचन प्रक्रियाका लागि राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत तथा सबै सरोकारवालासँग आवश्यक संवाद र समन्वय गरिने उनको भनाइ छ। बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, गृहमन्त्री ओमप्रकाश अर्याल र मुख्य सचिव एकनारायण अर्याल सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.