'कर्मचारीको वृत्ति विकासमा असर नपर्ने गरी दरबन्दी मिलान गर्नू'
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारीको वृत्ति विकासमा असर नपर्ने गरी दरबन्दी मिलान गर्न निर्देशन दिइएको छ। प्रधानमन्त्री कार्यालयले मन्त्रालयलाई पत्र काटेर सेवा प्रवाह कम भएका निकायमा दरबन्दी मिलान गर्न निर्देशन दिएको हो।
गत भदौ ३१ गते सम्पन्न सचिवस्तरीय बैठकले २० प्रतिशतसम्म दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमा अस्पष्टता देखिएको भन्दै प्रधानमन्त्री कार्यालयले कार्यबोझ कम भएका निकायबाट कार्यबोझ बढी भएको निकायमा दरबन्दी मिलान गर्न निर्देशन दिइएको स्रोतले बताएको छ। 'यसरी दरबन्दी मिलान गर्दा कर्मचारीको वृत्ति विकासमा कुनै असर नपर्ने गरी गर्नू,' निर्देशनमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !