सञ्चारमाध्यममा भएको आक्रमणलाई सरकारले गम्भीरताका साथ लिएको छ : मन्त्री खरेल

सञ्चारमाध्यममा भएको आक्रमणलाई सरकारले गम्भीरताका साथ लिएको छ : मन्त्री खरेल
सुन्नुहोस्

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सञ्चारमाध्यममा भएको तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। मंगलबार तिनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयको निरीक्षण गर्दै उनले प्रेस स्वतन्त्रता विपरीत भएको आक्रमणलाई सरकारले गम्भीरताका साथ लिएको बताए।

उनले सञ्चारमाध्यममा जेनजीले आक्रमण नगरेको बताए। जेनजीहरूको माग स्वार्थरहित भएको बताउँदै उनले स्वार्थ बोकेका व्यक्तिहरूले सञ्चारमाध्यममा तोडफोड र आगजनी गरेको बताए। 

'स्वार्थ बोकेका व्यक्तिहरूले सञ्चार माध्यममा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनका क्रममा पत्रकार साथीहरू घाइते पनि हुनुभएको छ। यसप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,' निरीक्षणका क्रममा उनले भने।

उनले संविधानको मौलिक हकअन्तर्गत अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका जे-जस्ता कानुनी प्रावधानहरू गरिएको छ, त्यसको प्रतिकूल हुनेगरी भएको घटनाप्रति सरकारले गम्भीरताका साथ लिएको बताए। संकटका बेला पनि आक्रमणमा परेका सञ्चारमाध्यमले व्यवसायीक धर्मको पालना गरेको भन्दै उनले सराहना पनि गरेका थिए।

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा एक समूहले अन्नपूर्ण पोस्ट्को कार्यालयमा आगजनी गरेको थियो। 

nullnullnull 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.