कांग्रेसले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन

कांग्रेसले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जनकपुरधाम : मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ । बुधबार मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित नेपाली कांग्रेसको मधेश प्रदेश कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो । 

संसदीय दलको बैठकबाट जनमत पार्टीको नेतृत्वमा नेपाली कांग्रेसको सहभागितामा बनेको मधेश सरकारको नेतृत्वदायी भूमिका निर्वाह गरेका दलले नै वर्तमान सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता बोलाइसकेपछि सरकारमा सहभागीको औचित्यता सकिएकोले समर्थन फिर्ता लिएको सांसद बीरेन्द्र सिंहले जानकारी दिए । 

संसदीय दलको बैठकबाट आजको मितिबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता हुनेगरी सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए । 

उनले भने, 'प्रदेशसभा बैठकमा १ जना मुख्यमन्त्री सरकारको पक्षमा र १२ जना विपक्षमा बस्दा व्यक्ति हावी भएको देखियो । हामीले त व्यक्तिलाई नभइ संस्थालाई समर्थन दिएका थियौं त्यसैले व्यक्तिलाई छोडेर संस्थासँग रहने विचार गरेर अघि बढेका हौं । हामी आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेका छौं।'


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.