सुदूरपश्चिम कांग्रेसले भन्यो- विशेष महाधिवेशन र हस्ताक्षर संकलनका नाममा भ्रम नछरौं

सुदूरपश्चिम कांग्रेसले भन्यो- विशेष महाधिवेशन र हस्ताक्षर संकलनका नाममा भ्रम नछरौं
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस, सुदूरपश्चिम प्रदेशले विशेष महाधिवेशनका नाममा हस्ताक्षर संकलन गरेर नेता-कार्यकर्तालाई भ्रममा नपार्न सुझाव दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आउँदा महाधिवेशनमा सभापतिको उम्मेदवार नलड्ने र नेतृत्व हस्तान्तरण गर्न तयार भइसकेको अवस्थामा यस्ता विषयमा नेता-कार्यकर्ताले मनन गर्नुपर्ने सुदूरपश्चिमका कांग्रेस नेताहरूको बुझाइ छ। 

'पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलनजस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने र पार्टीभित्र एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोरमात्र होइन, लोकतन्त्र नै समाप्त हुने खतरा हुन्छ,' सुदूरपश्चिम कांग्रेसले निष्कर्ष निकाल्दै भनेको छ।

सभापति देउवा उपचारका क्रममा रहेकाले पदाधिकारीहरूले सुझबुझका साथ पार्टी एकता कायम गरी निर्णय लिनुपर्ने उनीहरूको भनाइ छ। 'अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनःनिर्माणमा जुट्न तथा जनतामा शान्ति र सद्‍भाव कायम गर्न आवश्यक छ। कांग्रेसलाई जनतासँग निरन्तर जोड्न र पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै अहिलेको परिस्थितिबाट मुलुकलाई निकास दिनुपर्छ,' सुदूरपश्चिम कांग्रेसले भनेको छ। 

त्यस्तै सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको आकलन गरी आवश्यक पुनःनिर्माणको कार्य अगाडि बढाउन र तोडफोड र आगजानीमा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम कांग्रेसको माग छ।

बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेशका कावा सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र, नृप वड, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्र, कैलाली सभापति नारायण दत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटीलगायत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.