राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेबारे छलफलमा जुटेकी छन्।
उनले सम्बोधनका क्रममा उठाउनुपर्ने विषयवस्तुका बारेमा मन्त्रिपरिषद्का सदस्य र विज्ञहरूसँग अनौपचारिक छलफल गरेकी हुन्। स्रोतले भन्यो, 'पछिल्लो परिस्थिति र आगामी निर्वाचनका बारेमा प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिरहनुभएको छ।'
यद्यपि, सम्बोधनको समय भने तय भएको छैन। स्रोतले भने बिहीबार नै सम्बोधन हुनसक्ने दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस !