फेरिए काठमाडौंका प्रमुख जिल्ला अधिकारी
काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो।
त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकारले काठमाडौंको प्रहरी प्रमुख पनि फेरेको थियो।
त्यस्तै सरकारले मंगलबार एकैपटक तीन जना सचिवको सरुवा गरेको थियो। सरकारले गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरेको हो।
गृहसचिवमा रक्षाबाट दंगाललाई ल्याइएको छ भने अर्याललाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। यसैगरी गृहसचिव दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाएको छ।
प्रतिक्रिया दिनुहोस !