विचित्र छ वा !
सानो भनिएको मन्त्रिमण्डल गठनका लागि यतिका समय लाग्नुले पनि फरक संकेत गर्न सक्ने स्पेस निर्माण भएको छ। भला यो समय पनि हुन त सानै अवधि हो। कर्मचारीतन्त्रमा रहेर अनुभवसमेत गरेका अनुहार वर्तमान मन्त्रिपरिषद्मा भित्रिनु एक हिसाबले राम्रोसमेत मानिएको छ।
भीडको मनोविज्ञान दिशाविहीन हुन्छ। यसको उदाहरण भारतीय नायक आमिर खानले पीके सिनेमामार्फत दिइसकेका छन्। यहाँ भगवान् खोजी गर्दै गरेका खानलाई त्यही भीडले अस्थिर बनाइदिन्छ। वा भीडकै तालमा खान लगभग डिरेल (बाटो बिराउने) भइसक्छन् जबसम्म उनको भेट नायिका उर्फ अनुष्का शर्मासँग हुँदैन। वर्तमान नेपाली राजनीति र पीके करिब करिब त्यही अवस्थासम्म लगभग पुगिसकेको भान हुन्छ। हो यही अनुुष्का खोजिरहेछ, नेपाली भू–राजनीतिले।
कोर्स डिरेक्सन (दिशानिर्देश) थिएन यहाँ, जब त्यही भीड तयारीमा थियो। तयारीको शून्यान्तरमा थाहा थिएन भीडलाई परिणामको। परिणामको आशा फरक आउँदा हच्कियो, तर्सियो अनि बिर्सियोे हिजो। व्यग्र भीड पुनः लाग्यो हिजोको कोर्स पूरा गर्न। ७२ घण्टा त लागेन ड्युटी पूरा गर्न, त्यही कित्ताकाँटको लेखाजोखामा तीन दिन लगायो निर्णय निर्माण गर्न त्यही भीडले सेनाको सेरोफेरोमा। खै त शान्ति पाए त ती जेन—जीका हिजो घोषित सहिद आत्माहरूले ?
माथि उल्लिखित विषयवस्तुले मायावी यथार्थ र वस्तुगत यथार्थताको घरातलमा रही विश्वप्रसिद्ध लेखक डेनियन कनम्यानको सन् २०११ मा प्रकाशित पुस्तक थिकिंङ फास्ट एन्ड स्लोको मनोवैज्ञानिक आधार र सो बारे समाजले टिप्ने धारणाबारे उल्लेख गर्न खोजिएको हो। नेपाली परिवेश र तत्कालीन संवेदनावारे एक विवेकशील नेपाली नागरिकले बोल्ने वातावरण सिर्जना नभएकाले यहाँ सो खुकुलोपनको आभास गराउन लागिएको छ। संवेदनालाई फगत सम्झने वर्गको हिसाब हेतु यो आलेख तयार भने गरिएको हैन।
समानान्तर फड्को
ध्रुवीयता बाधक बन्न लाग्दैछ, त्यही आशातित शक्तिको मेलोमा तर संवेदनारहित बन्दैछ समय। खै किन हो, अनलाइन आवेदन माग्छ। आवेदकहरू कोही मागेको मागै गर्छन्, कोहीलाई जबर्जस्त निवेदन लेख्न लगाउनु परेको छ।
बाजे, वा, दाइ, भाइ, काकी, मामा कता पुगे टुंगो छैन। जसरी नै घङघङ्गी छ, मुलुक विकास भएन भनेर। ‘बाँसुरी’ बजाउँदै यथास्थितिवादीहरूलाई फुर्सद भएन, यथासम्भव प्रयत्नशील नै थिए ‘पूर्ववादक’ भीडहरू। समयको कोल्टे र गराईको केमेस्ट्री मिसम्याच (वस्तुगत मेलमिलाप) भएनछ क्यारे ! बल्ल थाहा भयो। समयको बेगमा सर्लक्क निदाइएछ। खै हेरम आधा दर्जन महिनामा ज्ञात होला !। उत्तरणमा बेगिला समूह हाबी भए। आवश्यक पनि थियो शुद्धीकरण र परिवर्तन हेतु। समय नपुग्दै शुद्धीकरणका पाइला सबल बनाउन लागिसके दुईचार विचार समूह। हात्ती आयो, हात्ती आयो फुस्सा हुने हो कि। फड्का नाप्ने संयन्त्र नेपालमा पनि नभएका त हैनन् नि के गर्नु आशावादी भएर निराशामै भुलाइसके।
बंगाली कवि रवीन्द्रनाथ टेगोरको कविता ‘एक्ला चलो रे’.... को मर्ममा हिँड्नेवाला छैन डिजिटल होेमो सेपिन्स (मान्छेको वैज्ञानिक नाम)। बलायती जर्ज ओरवेलको एनिमल फार्मको सामूहिक क्रान्ति, लक्ष्मीप्रसाद देवकोटाको लुनाटिक (पागल) कविताको एकल क्रान्ति तथा वव मार्लीको बफेलो सोल्जरको लेम्यान ( श्रमजीवी) क्रान्तिलाई केवल कथा, कविता अनि गीतमा स्थिर राख्ने समूहलाई मार्टिन लुथर किङ्को आई ह्याभ अ ड्रिमले किञ्चित प्रभाव पार्न नसक्ला। संयोजनको त कुरै छाडिदिऊ।
मेटिँदो प्रयास
हेरोडोटसले भनेजस्तै इतिहासका सार जीवन्त हुन्छन्, यसैकारण नै उनलाई इतिहासका पिता भनिएको होला ! । नेपाली इतिहासका अध्यायहरूले बोकेका पात्रहरूमा लेखनाथ पौड्यालले भनेझै ‘मै खाऊ मै लाऊ ...’ को अवस्था सिर्जना भएको हुँदा यस्ता अकल्पनीय घटनाक्रमका विकास भएको पाइन्छ। यो पछिल्लो समय भित्रिएको वितृष्णाको आउटपुट (नतिजा) समेत हो। अर्कातर्फ यस भीडमुखी आन्दोलनको म्यान्डेट (जनादेश) र नेतृत्व पथ बेगर भइदिँदा अन्योलको अवस्थासमेत भित्रिएको आभास हुन्छ। यसै हिसाबले हेर्दा प्रयास मेटिन लाग्दा अब अचम्म मान्नुपर्ने अवस्था रहेन।
भेदमा रमाउने साधुहरू, अस्त्रविद्या नसिकेका सिपाहीहरू, मोटरको गति ज्ञात हुने चालकहरू तथा धिमाहा एवं आत्मारतिमै रमाउने लिडरहरू थप प्रबल बन्ने अवस्था सिर्जना हुनु र एकलव्यले अन्तिम बाण चलाउनु वा सो सरह नै हुुन सक्छ। यस्तो गति र रति दोहोरिएमा, अल्बर्ट क्यामुको दी मिथ अफ सिसिफसमा सिसिफसकै जस्तो अनन्त विकल्पमा मुलुक पुग्न सक्ने अवस्था आउन सक्छ। यो भनेको राजनीतिक अस्थिरतको दूरताभन्दा निकटतामा मुलुक डोहोरिने अवस्था हो। जसमा लगभग विकल्पहरूको लगभग अन्त्य भइसकेको हुन्छ।
बालबच्चाले हेर्ने कार्टुन शृंखला टम एन्ड जेरीको कथानकसँगै नेपाली वर्तमान राजनीतिक मेलो मिल्नु लगभग हात्ती र हात्तीछाप चप्पलजस्तै छ। यस कार्टुन शृंखलामा टम र जेरीको कथानकमा कहिले टम हार्छन् त कहिले जेरी हार्छन् तैपनी रिसराग कम देखिन्छ। तर नेपाली राजनीतिको टम एन्ड जेरी सोमा नेपाली जनताले हारेको पाइन्छ। तै पनि नेपाली जनताको रिस, राग मने फिटिक्क देखिन्न।
वैचारिक रोडम्याप
यसै विद्रोहको जगमा निर्माण भएको सरकारको दायित्व केवल निर्वाचनमा मात्र सीमित बन्नु उति शोभा हुँदैन। जसका निम्ति गोठ बनायो उसकै पुच्छर बाहिर भनेजस्तै भ्रष्टाचारविरुद्ध छेडिएको विद्रोहले भ्रष्टाचारका मामिलामाथि धावा बोल्न नसकेको अवस्थामा त्यसको महŒव उति हुँदैन भन्ने कुरामा दुई मत छैन। यसै कारण पनि भनिएको छ, यस अन्तरिम सरकारका धेरै चुनौती थोरै समय छ। यसले मूलभूत रूपमा खच्केको अर्थ, कूटनीति, व्यापार, नीतिगत व्यवस्थामा जोड दिनु आवश्यक छ। विचारमात्र तत्कालीन सरकारको नतिजा दिने मानक नबन्न सक्छ, यसका लागि व्यावहारिक सन्तुलन एवं गतिशीलता मानक बन्न सक्छन्। सानो भनिएको मन्त्रिमण्डल गठनका लागि पनि यतिका समय लाग्नुले पनि फरक संकेत गर्न सक्ने स्पेस निर्माण भएको छ। भला यो समय पनि हुन त सानै अवधि हो। कर्मचारीतन्त्रमा रहेर अनुभवसमेत गरेका अनुहार वर्तमान मन्त्रिपरिषद्मा भित्रिनु एक हिसाबले राम्रोसमेत मानिएको छ।
अर्कातर्फ टेक्नोक्रेसीमा अनुभव रहेका अनुहारहरूको लिडरसीप क्षमता कम हुन सक्ने आकलनसमेत अर्को विचार पक्षले वकालतसमेत गरेको छ। नेपालको पछिल्लो समयको शासकीय प्रणाली कस्तो हुन्छ, यसबारे ठोस रूपमा कसैले पनि भन्न नसक्ने अवस्था छ। संघात्मक राज्य व्यवस्था, एकात्मक राज्य व्यवस्था, प्रत्यक्ष निर्वाचनमा आधारित शासन प्रणाली वा यस्ता कुनै यस्तै प्रजातान्त्रिक व्यवस्थामा राज्य प्रणाली जसले जनताको मर्मलाई सहज ढंगले सम्बोधन गर्न सकोस्। तर खासै व्यवस्थाको कल्पना भने अझसम्म गर्न
अन्ततः विद्रोह संकुचित बनिदिँदा विचारको रेप्लिकेसन (प्रतिकृति) पनि दायराकृत बन्छ। यसैकारण पनि विचारको प्रवाह सीमिततामा कम बृहततामा बढी बन्नु आवश्यक छ। जेन—जी विद्रोहलाई स्ट्रिमलाइन (मूलप्रवाहीकरण) गर्ने क्रममा नेपाली सत्तासीन दलका कर्पोरेट (उच्च स्तरीय) नेता वर्गले समयमै ध्यान दिन सकेका थिए भने यस्तो समयको सामना गर्नुपर्ने अवस्था नआउन सक्थ्यो। अब्राहम लिंकनले भनेजस्तै जनताले जनताका लागि गरिने शासनको मर्म कायमै रह्यो। यसमै खुसी मान्नुपर्ने अवस्था छ।
नेपाल अब सन् २०२६ पछि विकासशील राष्ट्रको सूचीमा उक्लँदैछ, यो सबैको लागि खुसीको कुरा हो। यस विशेष परिस्थितिमा नेपाल स्ट्राटिजिक मुभ (रणनीतिक चाल तथा पहिचान) का लागि हिँड्नुपर्ने समयमा यस्ता असन्तुलन तथा संक्रमणबाट टाढा रहनुपर्नेमा थप अन्योलतामा पर्नु पक्का पनि नेपाल र नेपालीका लागि किञ्चित राम्रो हैन। यसको सार्थकता वा असार्थकताबारे लिडरसिप (नेतृत्ववर्ग) समेत बोलिहाल्नुपर्ने अवस्था छैन। तर नेपाली नेतावर्ग पब्लिक सेन्टिमेन्ट क्याच (जनभावना आकर्षित गर्ने) बोली नै रहेका देखिन्छन्। यसले उन्नति कम अधोगति बढी हुने लगभग निश्चित प्रायः छ। ‘पर्ख र हेर’को नीतिमा रही जनता वर्गमा प्रजातन्त्रको प्रत्याभूति गर्नु भौतिक रूपमै आ–आफ्नै रटान फिड (कोच्याउन) गर्न थालेको अवस्थामा डिभाइड एन्ड रुल (विभाजन अनि राज गर) ले थप प्रोत्साहन पाउन सक्ने सम्भावना हुन सक्छ।
प्रतिक्रिया दिनुहोस !