मोदीले भने- भारतजस्तो देश अब कसैमाथि निर्भर रहनु स्वीकार्य हुँदैन

मोदीले भने- भारतजस्तो देश अब कसैमाथि निर्भर रहनु स्वीकार्य हुँदैन
सुन्नुहोस्

काठमाडौं :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतजस्तो देशका लागि अब कसैमाथि निर्भरता स्वीकार्य नहुने बताएका छन्। उनले बिहीबार युपी अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै भारत अब आत्मनिर्भर हुनुपर्नेमा जोड दिए।

'भारत जस्तो देशको लागि अब कसैमाथि निर्भरता स्वीकार्य छैन,'प्रधानमन्त्री मोदीले भने,' त्यसैले, भारत अब आत्मनिर्भर हुनुपर्छ।' उनले थपे , 'आज भारत २०४७ सम्ममा विकसित देश बन्ने लक्ष्यतर्फ अघि बढिरहेको छ। विश्वमा अवरोध र अनिश्चितताको बाबजुद पनि भारतको वृद्धि प्रभावशाली छ।'

प्रधानमन्त्री मोदीले विभिन्न अवरोधका बीच पनि भारतले आगामी दशकहरूका लागि जग बलियो बनाइरहेको दावी गरेका छन्। उनले भने,' विभिन्न अवरोधहरूका बीचमा, आज भारतले आगामी दशकहरूको लागि जग बलियो बनाइरहेको छ। यो हाम्रो संकल्प हो, हाम्रो मन्त्र हो र आत्मनिर्भर भारत हो।'

' हामी चिप्सदेखि जहाजसम्म सबै कुरा भारतमै उत्पादन गर्न चाहन्छौं,' उनले भने। भारतले अमेरिकाबाट ५० प्रतिशत भन्सार महशुलको सामना गरिरहेको छ र प्रधानमन्त्री मोदीले स्वदेशी र आत्मनिर्भर भारतका लागि निरन्तर अपील गरिरहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.