राजस्व सचिव घिमिरेलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा
काठमाडौं : सरकारले सचिव दिनेश घिमिरेलाई सरुवा गरेको छ। अर्थ मन्त्रालयका राजस्व सचिव घिमिरेलाई सरकारले प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको हो।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गरेको थियो। राजस्व सचिव घिमिरेसहित गृह सचिव गोकर्णमणि दुवाडी, रक्षा सचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई सरकारले सरुवा गरेको थियो।
प्रधानमन्त्री कार्यालयका अनुसार गृह सचिवमा रक्षाबाट दंगाललाई ल्याइएको छ भने अर्याललाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। गृह सचिव दुवाडीलाई भने राष्ट्रिय योजना आयोगमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !