मतदाता नामावली संकलन सुरू, १६ वर्ष पुगेकाले कात्तिक ३० सम्म दर्ता गर्न पाउने

मतदाता नामावली संकलन सुरू, १६ वर्ष पुगेकाले कात्तिक ३० सम्म दर्ता गर्न पाउने
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम सुरू गरेको छ। आगामी फागुन २१ गते हुने चुनावका लागि आयोगले मतदाता नामावली संकलन सुरू गरेको हो।

अन्तरिम सरकारले मतदाता नामावलीसम्बन्धी अध्यादेश ल्याएलगत्तै आयोगले मतदाता संकलनको काम सुरू गरेको हो। आयोगले मतदाता संकलनका लागि कात्तिक ३० गतेसम्मको समय तोकेको छ। 

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता बनाइसकेकाहरूले मतदाता नामावली दर्ता गर्न सक्नेछन्। त्यसका लागि विदा दिनबाहेक विहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालय खुला राखिनेछ। 

आयोगको वेवसाइट www.election.gov.np मा प्रि-रजिष्ट्रेशन प्रणाली (applyr.election.gov.np) बाट आवेदन भरी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा बायोमेट्रिक दिन सकिने आयोगले जनाएको छ। 

त्यस्तै विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने समेत व्यवस्था मिलाइएको आयोगले जनाएको छ। 

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते चुनाव गर्ने म्यान्डेड पाएको छ। आयोग आगामी निर्वाचनको तीव्र तयारीमा जुटेको बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.