प्रधानमन्त्री कार्कीको नाममा सामाजिक सञ्जालमा 'फेक अकाउन्ट'

प्रधानमन्त्री कार्कीको नाममा सामाजिक सञ्जालमा 'फेक अकाउन्ट'
सुन्नुहोस्

काठमाडौं : अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ। प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट गरेको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले यस किसिमका गैरकानुनी कार्य गर्नेलाई कानुनबमोजिम कारवाही हुने बताए।

उनले भने,' प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोस्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ। साथै यस किसिमका गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारवाही हुनेछ। '

null

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.