मुस्लिम र हिन्दू समुदायबिच झडप

साम्प्रदायिक दंगा भड्किने सम्भावना बढेपछि नेपालीलाई जोगवनी प्रवेशमा रोक

साम्प्रदायिक दंगा भड्किने सम्भावना बढेपछि नेपालीलाई जोगवनी प्रवेशमा रोक

विराटनगर : भारतको जोगवनी बजारमा उत्पन्न तनावका कारण साम्प्रदायिक दंगा भड्किने सम्भावना बढेपछि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको रानी नाकामा कडाइ गरिएको छ।

तत्कालका लागि नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। शुक्रबार बिहानदेखि दुई समुदायबिचको विवाद चर्किएपछि जोगवनीमा झडप भएको जानकारी आएकाले सीमा नाका बन्द गर्नु परेको उनको भनाइ छ।

नेपाली सुरक्षाकर्मीले प्राप्त गरेको जानकारी अनुसार सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरिएको भन्दै सुरुमा मुस्लिम समुदाय विरोधमा उत्रिएको थियो। सोही क्रममा बजरंग दलका युवाहरू पनि विरोधमा सहभागी भएपछि मुस्लिम र हिन्दू समुदायबीच दोहोरो झडप भएको बताइएको छ।

झडपपछि जोगवनीको वातावरण तनावग्रस्त बनेको छ। लाट्ठी र भालासहित दुवै समुदाय सडकमा उत्रिएपछि ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको र केही स्थानमा तोडफोडसमेत भएको बताइएको छ। परिस्थिति नियन्त्रण बाहिर जाने खतरा बढेसँगै भारतीय अधिकारीहरूले दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन्। तनाव बढेसँगै विराटनगरको रानी नाकाबाट नेपालीहरुलाई जोगवनी प्रवेश गर्न दिइएको छैन।

किनमेलका लागि गएका सयौं नेपालीहरू भाग्दै नेपाल फर्किएका छन्। जोगवनीतर्फ जान लागेकाहरुलाई रानी नाकामै रोकिएको छ। विराटनगरको रानी नाकामा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी खटाइएको छ। सुरक्षाकर्मीले नेपाली नागरिकलाई जोगवनी प्रवेश गर्न रोक लगाएका छन्। प्रजिअ यादवका अनुसार अहिले जोगवनीतर्फ जाने आवतजावत पूर्णरुपमा रोकिएको छ।  ‘स्थिति साम्य भएपछि मात्र नाका खोलिन्छ,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.