मंसिरभित्र महाधिवेशन गर्नेगरी माओवादी केन्द्रीय कमिटी विघटन, प्रचण्ड संयोजक तोकिए
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन भएको छ। प्रज्ञा भवनमा बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटी विघटन गरेको हो। बैठकले केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गरेको छ।
पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार महाधिवेशन आयोजक समितिको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड तोकिएका छन्। त्यस्तै बैठकले मंसिरभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनमा जेनजी युवाहरूलाई अधिकतम सहभागी गराउने वातावरण बनाइने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता र विचार मिल्ने पार्टीहरूसँग छलफल प्रक्रिया जारी राख्ने निर्णय पनि भएको प्रवक्ता सापकोटाले बताए।
प्रतिक्रिया दिनुहोस !