सम्पत्ति छानबिन गर्न माओवादीले बनायो आयोग, अध्यक्षसहित पदाधिकारीबाट सुरू गर्ने

सम्पत्ति छानबिन गर्न माओवादीले बनायो आयोग, अध्यक्षसहित पदाधिकारीबाट सुरू गर्ने

काठमाडौं : माओवादी केन्द्रले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। प्रज्ञा भवन भवनमा बसेको केन्द्रीय कमिटीको बैठकले सम्पत्ति छानबिन आयोग गठन गरेको हो।

माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार आयोगले अध्यक्षसहित पदाधिकारीबाट छानबिन सुरू गर्नेछ। 'दुई चलेको बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले पदाधिकारीबाट छानबिन सुरू गर्नेछ,' प्रवक्ता सापकोटाले भने।

त्यस्तै माओवादीको केन्द्रीय कमिटी विघटन भएको छ। बैठकले केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गरेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार महाधिवेशन आयोजक समितिको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड तोकिएका छन्। त्यस्तै बैठकले मंसिरभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनमा जेनजी युवाहरूलाई अधिकतम सहभागी गराउने वातावरण बनाइने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता र विचार मिल्ने पार्टीहरूसँग छलफल प्रक्रिया जारी राख्ने निर्णय पनि भएको प्रवक्ता सापकोटाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.