इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा संयुक्त राष्ट्रसंघको महासभाबाट बाहिरिए प्रतिनिधिहरू

इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा संयुक्त राष्ट्रसंघको महासभाबाट बाहिरिए प्रतिनिधिहरू
सुन्नुहोस्

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु शुक्रबार संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने तरखर गर्दै थिए। उनले सम्बोधनको सुरुवात नगर्दै महासभामा सहभागी कतिपय देशका प्रतिनिधिहरू हलबाट बाहिरिन थाले।

प्रतिनिधिहरू बाहिरिन थालेपछि सभाध्यक्षले रुलिङ नै गर्नुपरेको थियो। सभाध्यक्षले सिटमा बस्न पटक-पटक आग्रह गर्दा पनि उनीहरू बाहिरिएको दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

थुप्रै देशका प्रतिनिधिहरू बाहिरिएपछि कुर्सीहरू खाली देखिएका थिए। समाचार एजेन्सीहरूका अनुसार केही देशका प्रतिनिधिहरू विरोध स्वरूप उठेर बाहिर निस्केका थिए।

हालै फ्रान्स र स्पेनले फलस्तीनलाई मान्यता दिएका थिए। संयुक्त राष्ट्रले पनि आफ्नो अनुसन्धानपछि इजरायले गाजा क्षेत्रमा ‘फलस्तीनियनहरूप्रति जनसंहार’ गरेको बताएको थियो।

नेतन्याहूले आफ्नो भाषणमा फलस्तीनलाई राष्ट्रको दर्जा दिनु ‘पागलपन’ भएको बताए। उनले केही देशले दिएको मान्यतालाई पनि 'लज्जाजनक'को रूपमा व्यख्या गरे। उनले दाबी गरे कि इजरायली लाउडस्पीकरहरूमार्फत गाजामा उनीहरूको भाषण प्रसारण भइरहेको छ।

उनले एक नक्शा देखाउँदै इरान, हूती र हमासलाई 'आतंक अक्ष' भनेर सम्बोधन गरे। हमासलाई सम्बोधन गर्दै उनले भने, 'तपाईंहरू हतियार फाल्नुस्। हामीलाई त्यहाँ आउन दिनुस् र बन्धकहरूलाई मुक्त गराउन दिनुस्, नभए हामी तपाईंहरूलाई खोजेर मार्छौं।'

उनले बन्धकहरूलाई एक क्षण पनि नबिर्सेको बताए। इजरायली जनता सधैं साथमा रहने उनले बन्धकहरूलाई अपील गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.