विशेष महाधिवेशनको माग उचित छैन, नियमित महाधिवेशनमार्फत अघि बढाउँछौं : महत

विशेष महाधिवेशनको माग उचित छैन, नियमित महाधिवेशनमार्फत अघि बढाउँछौं : महत
सुन्नुहोस्

काठमाडौं : नेपाली नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतले विशेष महाधिवेशन बोलाउनुपर्ने माग उचित नभएको भन्दै पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका हुन् ।

महाधिवेशन लगायत पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा असोज २६ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने उनको भनाई छ।

मुलुक अप्ठेरो अवस्थामा रहेकाले कांग्रेसका नेता कार्यकर्ता एक भएर अघि बढ्नुपर्ने उनले बताए । महतले देश छाड्न राहदानी बनाएको भन्दै शेरबहादुर देउवामाथि भएको टिका टिप्पणीमा सत्यता नरहेको जिकिर गरे । पासपोर्ट बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै देउवालाई अपराधी जस्तो बनाएर अनर्गल प्रचार गरिएको उनले गुनासो गरे।

दलहरुलाई निर्वाचनमा भाग लिन दिन्नौ भन्ने अधिकार कसैलाई नरहेको भन्दै उनले निरंकुश शासनलाई सफल हुन नदिने स्पष्ट पारे । महतले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन हुनुपर्ने र सरकार पूर्वाग्रही भएर चल्न नहुने बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.