लामो दूरीको यात्रा नगर्न स्याङ्जा प्रशासनको अनुरोध
स्याङ्जा : तीन दिनसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले लामो दूरीका सवारी साधनमा आवतजावत नगर्न आग्रह गरेको छ।
देशका विभिन्न स्थानमा असोज १८ देखि २० गतेसम्म भारी वर्षा र सम्भावित विपद्को चेतावनी जारी भएका अवगत गराउँदै सवारी आवागमनलाई बन्द गरेको जानकारी गराएको छ
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार मध्यमदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम उच्च हुने देखिएको जनाउँदै जिल्ला सुरक्षा समितिको बैठकले सिद्धार्थ राजमार्ग लगायत सहायक मार्गमा सञ्चालन हुने सार्वजनिक यातायात, मालबाहक सवारी तथा अन्य लामो दूरीका साधन अत्यावश्यक संचालन नगर्न नगराउन प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !