नेपाललाई जुनसुकै सहयोग गर्न तयार छौं : भारतीय प्रधानमन्त्री मोदी

नेपाललाई जुनसुकै सहयोग गर्न तयार छौं : भारतीय प्रधानमन्त्री मोदी
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। भारी वर्षासँगै बाढी र पहिरोले धनजनको क्षति गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्।

उनले सामाजिक सञ्जाल एक्स (ट्वीटरमा) भारी वर्षाका कारण नेपालमा भएको धनजनको क्षतिमा दुःख व्यक्त गर्दै भारत नेपाली जनता र सरकारको साथमा रहेको उल्लेख गरेका छन्।

'नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं। एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ,' प्रधानमन्त्री मोदीले भनेका छन्।

नेपालमा भारी वर्षाले हालसम्म ४४ जनाको मृत्यु भएको छ भने देशभरिका सडक सञ्जालमा प्रभावित भएका छन्। त्यस्तै तराईका केही जिल्लाहरू डुबानमा परेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.