सुनुवाइ भइरहेका बेला भारतका प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार

सुनुवाइ भइरहेका बेला भारतका प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार
सुन्नुहोस्

नयाँ दिल्ली : भारतमा एकजना कानुन व्यवसायीले प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार गरेका छन्।  राकेश किशोर नामका वकिलले सोमबार इजलास चलिरहेको बेला प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार गरेका हुन्।

इजलास जारी रहेका बेला कानुन व्यवसायी किशोरले आफ्नो जुत्ता फुकालेर प्रधानन्यायाधीशमाथि प्रहार गरेका हुन्। सुरक्षाकर्मीहरूले तत्काल उनलाई नियन्त्रणमा लिएका थिए। 

प्रधानन्यायाधीश नेतृत्वमा रहेको बेन्चमा वकिलहरूको बहस भइरहेको बेला यो घटना भएको हो। घटनापछि प्रधानन्यायाधीशले यो विषयमा बेवास्ता गर्न र बहस जारी राख्न कानुन व्यवसायीलाई आग्रह गरेका थिए। उनले भनेका थिए,' यी सबैबाट विचलित नहुनुहोस्। हामी  विचलित छैनौं। यी कुराहरूले मलाई असर गर्दैन।'

मध्य प्रदेशको खजुराहो मन्दिर परिसरमा रहेको भगवान् विष्णुको मूर्तिको जीर्णोद्वारको माग गर्दै दायर भएको रिटमा सुनुवाइका क्रममा प्रधानन्यायाधीश गवाईको भनाइमा कानुन व्यवसायी किशोर असन्तुष्ट रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रधानन्यायाधीश गवाईले सेम्टेम्बर १६ मा युनेस्को विश्व सम्पदा खजुराहो मन्दिर परिसरको एक भाग जावरी मन्दिरमा रहेको ७ फिट अग्लो  भगवान विष्णुको मूर्तिको पुनर्निमार्ण र पुनर्स्थापना गर्न माग गर्दै दायर गरेको निवेदन खारेज गरिदिएका थिए। सोही विषयलाई लिएर कानुन व्यवसायी किशोरले प्रधानन्यायाधीशमाथि आक्रोश पोखेको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष विकास सिंहले उनको सदस्यता खारेज गर्न संगठनले कारवाही सुरू गर्ने बताए। उनले भने,'किशोर २०११ देखि बारको सदस्य हुनुहुन्छ। हामी उनको सदस्यता खारेज गर्न कारवाही सुरू गर्नेछौं।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.