कात्तिकमा स्नान, तुलसी र आकाशदीप

कात्तिकमा स्नान, तुलसी र आकाशदीप

कात्तिक कृष्ण प्रतिपदासँगै तुलसीको विशेष पूजा, कात्तिक स्नान आरम्भ र तुलसी मठनजिकै आकाशदीप दान गर्ने पर्व आजै २१ गतेदेखि सुरु भएको छ। आकाशदीप दान गर्दा बाँसको लिंगो बनाई तुलसीको मठमाथि लिंगोमा माटोबाट निर्मित मटिकोइलामा तिलको तेलमा बत्ती बाल्ने गरिन्छ। यसो गर्दा दिवंगत पितृहरू प्रसन्न रहने र घर परिवारमा देव र पितृहरूको पूर्ण दृष्टि र आशीर्वाद मिल्ने विश्वास गरिन्छ। स्वभावैैले देवलोक भूतलभन्दा माथि छ, पितृलोक अझ त्यसभन्दा माथि रहेको धर्मशास्त्रहरूको भनाइ छ।

अतः दीप दान गर्दा आफूभन्दा अग्लो लिंगोमा दीप दान गर्दा पितृहरूलाई उज्यालो हुन्छ भन्ने मान्यता छ। यसरी नियमित बालिने बत्ती मार्ग कृष्ण प्रतिपदामा त्रिजटालाई अर्घ दिएपछि भनौं चतुर्मास व्रत, कात्तिक स्नान समापनपछि विसर्जन हुन्छ। कात्तिक शुक्ल पूर्णिमा भने द्वापर युगमा भएको महारासको समय पनि हो। राधादामोदरको प्रीति नै आकाशदीप दानको विशेषता हो भने यसको संकल्प गर्दा ‘सकलपापक्षयपूर्वकं मनोभिलषितकामनावाप्तये अद्यारम्भ समाप्तिपर्यन्तं श्रीराधादामोदरप्रीतये आकाशदीपदानमहं करिष्ये’ भनी संकल्प गरिन्छ। संकल्प बिनाको कुनै कर्मको फल आधा मात्र प्राप्त हुने शास्त्रीय मर्यादा भएकाले हरेक कार्य पूर्व संकल्प अनिवार्य छ।

‘कात्तिकेमासि सम्पूर्णे आकाशे दीपदानतः अक्षयं सन्ततिर्मेऽस्तु दामोदर नमोऽस्तुते’ भनी प्रार्थना गरिन्छ। यसको अर्थ हो आकाशदीप दानबाट मेरा तमाम कार्य अक्षय हुन् र खासमा मेरो परिवार, सबै सन्ततिमा पुण्य आर्जन भई कतै खोट, चोट नलागोस् भन्ने हो। स्नान सूर्योदयअघि नै गर्नुपर्छ र कात्तिकमा पनि विधिले स्नान गरिने हाम्रो परम्परा हो र यतिबेलाको स्नान पनि थोरै रात्रि बाँकी रहँदै गरिन्छ र दीप दान गर्दा पनि सूर्यास्तको आसपास गरिन्छ।

साँझ देव पितृहरूका नाममा बत्ती नबाल्ने घर प्रेतालय हो र पिचासको बास हुन्छ त्यहाँ। स्वर्गमा देवताहरूले बिहान ५ बजेभित्रै स्नान गर्छन्, भूतलमा मानिसले ६ बजेभित्रै गर्नुपर्छ र तत्पश्चात्को स्नानलाई प्रेत स्नान भनिन्छ र अमन्त्रको स्नान पनि प्रेत स्नान हो र यो विधि पनि हामीले छोडेकाले अहिलेको मानवमा देव मनुष्यको गुणभदा बढी प्रेतगुण हाबी भएको अवस्था छ। ज्योतिष शास्त्रमा पनि मानिसका ३ प्रकारको गुण बताइएको छ, देव, मनुष्य र राक्षस गण। हरेक बिहानी हाम्रो सत्य युग हो र हरेक दिन सुकर्मको समय मद्याह्नसम्म ज्ञानको युग त्रेता हो र सुकर्मको साँझसम्मको समय द्वापरयुग हो, अनि कलहको समय रात्रि त कलि नै हो।

संसारमा मूल त्रिगुण छन्, सत्व, रज र तम, तम अन्धकार हो, रजोगुण पनि करिब अन्धकार नै हो, सत्व गुण उज्यालो हो, त्यसैले हाम्रो उपनिषद्ले तमसोमा ज्योतिर्गमय भनेको छ, ‘मृत्युर्मा अमृतं गमय भनेको छ, सहना ववतु, सहनौ भुनक्तु, सहवीर्यं करवावहे, तेजस्वीनावधीतमस्तुमाविद्विषावहे’ भनेको छ। यसको अर्थ हुन्छ अँध्यारोबाट उज्यालोतिर जाऊ, मृत्युबाट अमरत्वमा जाऊ, सहनशील होऊ, सँगै काम गर, परोपकार गर, कसैमा विद्वेष नगर। योभन्दा उदारता अरू के हुन्छ ? तुलसीको सामान्य अर्थ हुन्छ तु भनेको तुरीय अवस्था ज्ञान रामको प्रतीक मस्तिष्क, ल भनेको लक्ष्मण, वैराग्य भनौं हाम्रो शरीर, अनि सी भनेको सीता हाम्रो हृदय भक्ति हो।

आषाढदेखि कात्तिकसम्म चतुर्मासभर शरीर, मन वचन कर्म शुद्धि गरी तुलसीको आराधना गर भनिएको हो। चार महिना शुद्ध भइयो भने अरू समय पनि करिब शुद्ध हुन प्रेरित गर्छ र यो समय भनेको विशेष पितृहरूको समय हो, जब उत्तरायण सुरु हुन्छ ती दिनहरू देवताका हुने गर्छन् माघदेखि आषाढसम्म। श्रावणदेखि कात्तिकसम्म र पौष महिना पनि बिहाबरीको उत्तम समय होइन, शास्त्रलाई लत्याई यतिबेला बिहे गर्नेहरको भीडै देखिएको छ, यसको अर्थ हामीले समयको ख्याल गरेनौं र विकृतिको मन्त्रणा गरेका छौं।

मानिसको जन्मदेखि मृत्युपर्यन्त हरपल, हरक्षणमा तुलसी आवश्यक छ। यसमा अक्सिजनको मात्रा अधिक रहन्छ, पीपल झैं। घरमा पिल छहारी अशुभ भए पनि तुलसी मञ्जरी, दल, बोट हुनु अति आवश्यक छ, मोठ बा गमला पनि तुलसीको। तुलसीका मुख्य ८ नाम हुन् यी। तुलसीको दर्शनले अभीष्ट फल प्राप्त हुन्छ। तुलसीरोपण एकादशी आषाढ शुक्ल एकादशी हरिशयनी हो जुन दिनदेखि चतुर्मास प्रारम्भ हुन्छ। तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ। कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरूका लागि जीवनको हृदय झैं महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा छ। वास्तुपद्धति अनुरूप प्रत्येक तिथि र बारका स्वामीहरू अलग अलग रहेकाछन्। द्वादशीका स्वामी विष्णु हुन्, विष्णु भन्नु तुलसी नै हो।

तुलसीको मठ वा गमला घरको दक्षिणतिर राख्नु हुन्न र द्वादशी, औंसी, पूर्णिमा, संक्रान्ति, वैधृति र भार्गव योग, जन्म र मृत्यु सुतक अनि भृगुबार, मंगलबार, टिप्नु, चुँड्नु हुन्न। तुलसीवृक्ष, उपासना वा मठ भएका घरमा वास्तुदोष रहँदैन। तुलसीको मोठ, गमला आदि सजाउने कार्य उत्तर, पूर्व या पूर्वोत्तर गर्नुपर्छ। तुलसी वृक्षबाट विघ्न, बाधाहरू हट्छन््। मनका भय, अशान्तिहरू दूर हुन्छन्। रोगनाशक शक्ति हुन्छ तुलसीमा !

अघिको ‘तुलसी’ सत्यभामाको घर आँगनीको ‘कल्पवृक्ष’ हो। पितृहरूका लागि तुलसी अनिवार्य हुन्छ। गाई, गोठ, गौशाला परिसर र तुलसीक्षेत्र परिसरमा ठूला–ठूला कष्टहरू सहन गर्ने क्षमता हुन्छ। घरघरमा तुलसीको स्थापना गर्नाले शिव सदैव प्रसन्न हुनुहुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.