भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको ट्रम्पको दावी

भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको ट्रम्पको दावी
सुन्नुहोस्

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको दावी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा  राष्ट्रपति ट्रम्पले शुल्क र व्यापारको सहयोगमा भारत र पाकिस्तानबीच द्वन्द्व रोकिएको बताएका हुन्। 

यद्दपि भारतले भने उनको दावीलाई अस्वीकार गर्दै भारत र पाकिस्तान बीचको मुद्दा द्विपक्षीय भएको बताएको छ। 

पत्रकारहरूले उनलाई के तपाईं शुल्कमा आफ्नो अडान परिवर्तन गर्नुहुन्छ भन्दै प्रश्न गरेका थिए।  त्यसको जवाफमा ट्रम्पले भनेका थिए ,'यदि मसँग कर लगाउने शक्ति नभएको भए, सातमध्ये कम्तिमा चार युद्ध भइरहेका हुन्थे। मैले युद्ध रोक्नको लागि कर प्रयोग गरें।'

अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको द्वन्द्वबारेमा पनि प्रतिक्रिया दिएका थिए। 'यदि हामीले भारत र पाकिस्तानलाई हेर्‍यौं भने  तिनीहरू यो (युद्ध) को लागि तयार थिए। सात लडाकु विमानहरू खसालिएका थिए। तिनीहरू यसको लागि तयार थिए र तिनीहरू आणविक शक्ति हुन्,' उनले भने,' मैले  भनेको सबै कुरा धेरै प्रभावकारी थियो। मैले भनेको सबै कुरा कर र व्यापारको बारेमा थियो।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.