ओली र लेखकविरुद्धको जाहेरीलाई प्रहरीले जाँचबुझ आयोगमा पठायो
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको छ। जेनजी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले उनीहरूविरुद्ध जाहेरी दिएका हुन्।
उक्त जाहेरीलाई काठमाडौं प्रहरी परिसरले जाँचबुझ आयोगमा पठाएको छ। सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ।
पूर्वप्रधानमन्त्री लेखक र पूर्वगृहमन्त्री लेखकविरुद्ध परेको जाहेरी आयोगमा पठाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस !