रोशी खोलामा महिलाको शव भेटियो
काभ्रे : जिल्लाको रोशी गाउँपालिका - ११ माम्ती पन्थली बेसीमा महिलाको शव फेला परेको छ । खोला किनारमा फेला परेको शवको पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मंगलटार प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन्। शवको पहिचान खुलेको छैन। बाढी पहिरोले बगाएर ल्याएको हुनसक्ने निरीक्षक कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस !