जिल्ला अध्यक्षहरूलाई ओलीले भने- अहिल्यैको परिस्थितिमा नेतृत्व छोड्दिनँ

जिल्ला अध्यक्षहरूलाई ओलीले भने- अहिल्यैको परिस्थितिमा नेतृत्व छोड्दिनँ
फाइल तस्बिर

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार गरेका छन्। जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा उनले आफूले अहिल्यैको परिस्थितिमा नेतृत्व नछोड्ने निष्कर्ष सुनाएका हुन्।

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा नेतृत्व छोड्न नसकिने जानकारी गराएको एक जिल्ला अध्यक्षले बताए।

'अध्यक्षज्युले वर्तमान परिस्थितिमा नेतृत्व छोड्न नसकिने बताउनुभयो। उहाँले पार्टीको काम कारबाहीलाई तीव्ररूपमा अगाडि बढाउन निर्देशन पनि दिनुभएको छ,' ती जिल्ला अध्यक्षले अन्नपूर्णसँग भने।

अध्यक्ष ओलीले आगामी महाधिवेशनको निर्णयअनुसार आफू अगाडि बढ्ने बताए। 'उहाँले महाधिवेशनपछि मात्रै नेतृत्वका विषयमा सोच्न सकिने र महाधिवेशनले जे निर्णय गर्छ त्यहीअनुसार आफू अघि बढ्ने भन्नुभएको छ,' ती अध्यक्षले थपे।

अध्यक्ष ओलीले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा व्यापक घुसपैठ भएको बताउँदै आएका छन्। उनले जेनजी युवामाथि गरिएको दमन र राष्ट्रिय सम्पदामाथि भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै आएका छन्।

एमालेले हिजोमात्र संसद पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्न नेपाली कांग्रेससँग छलफल अघि बढाएको बताएको थियो।

जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए। अन्तरिम सरकारले फागुन २१ गते चुनाव गराउने घोषणा गरिसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.