प्रधानमन्त्री कार्कीद्वारा विदेशस्थित नेपाली राजदूतहरूसँग छलफल

प्रधानमन्त्री कार्कीद्वारा विदेशस्थित नेपाली राजदूतहरूसँग छलफल
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूसँग छलफल गरेकी छन्। परराष्ट्र मन्त्रालयसमेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले बुधबार परराष्ट्र मन्त्रालयमा विदेशीस्थित नेपाली दूतावासका राजदूतहरूसँग छलफल गरेकी हुन्।

जेनजी आन्दोलनपछि विकसित घटना क्रमका सम्बन्धमा उनले नेपाली राजदूतहरूसँग भर्चुअल संवाद गरेकी हुन्। जेनजी आन्दोलनपछि धेरै देशहरूले नेपाली नागरिकलाई भिसालगायत विषयमा कडाइ गरेको विषयमा पनि उनले राजदूतहरूसँग चासो व्यक्त गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

संवाद अझै जारी रहेको छ। भर्चुअल संवादमा मुख्य सचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राई पनि सहभागी छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.