देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सभापति देउवाले बिहीबार दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन्।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय समिति बैठकको एजेन्डा र विकसित घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको हो।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
प्रतिक्रिया दिनुहोस !