गाई वस्तु चराउन गएका लिलाबहादुर कमला नदीमा मृत भेटिए

गाई वस्तु चराउन गएका लिलाबहादुर कमला नदीमा मृत भेटिए
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका- १० कर्था घाटामा एकजना पुरुषको शव फेला परेको छ । सोही स्थानका  ५१ वर्षीय लिलाबहादुर सार्कीको शव कमला नदीमा डुबेको अवस्थामा फेला पारेको बताइएको छ । 

इलाका प्रहरी कार्यालय डकाहका अनुसार बुधबार बिहान दश बजेतिर गाई वस्तु चराउन गएका सार्की साँझसम्म घर फर्केका थिएनन् । त्यसलगत्तै खोजतलास गर्ने क्रममा बिहीबार बिहान कमला नदीको खाल्डोमा डुबेको अवस्थामा शव पेला पारिएको इलाका प्रहरी कार्यालय डकाहका प्रहरी निरिक्षक सपना खड्काको भनाई छ । 

स्थानीय नदीमा नुहाउन जाँदा पानीमा मानिसको शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाका आधारमा पुगेको प्रहरी टोली र स्थानीयले शव बाहिर निकाल्दा सार्कीको भएको पुष्टि भएको थियो । 

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ भने सार्कीको शव दुधौली नगर अस्पताल सिर्थौली पठाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.