सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी रहेको हो।
पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्।
बैठकमा असोज २६ गते बस्ने पार्टी केन्द्रीय केन्द्रीय समिति बैठकको एजेन्डा र विकसित घटनाक्रमबारे छलफल हुने जनाइएको छ। भदौ २३ र २४ को आन्दोलनपश्चात कांग्रेसको पहिलो पटक पदाधिकारी बैठक बसेको हो।
प्रतिक्रिया दिनुहोस !