सुरक्षा निकाय प्रमुखसँग गृहमन्त्रीले गरे छलफल

सुरक्षा निकाय प्रमुखसँग गृहमन्त्रीले गरे छलफल
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका विषयमा चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेका छन्।

छलफलमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सैनिक उच्च अधिकारीको सहभागिता थियो।

समग्र देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। छलफलमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले आफ्नो क्षेत्रबाट भइरहेका कामका गतिविधिका साथै सुरक्षा अवस्था र पछिल्लो चुनौतीका बारेमा जानकारी गराएका थिए। 

बैठकमा सहभागी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समग्र शान्ति सुरक्षालाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.