अर्जुनचौपारीले सुरु गर्यो आयुर्वेदिक औषधि उत्पादन
स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाले आयुर्वेद औषधि उत्पादन सुरु गरेको छ। स्थानीय जडिबुटीको सदुपयोग गर्दै गण्डकी प्रदेशमै पहिलो पटक अर्जुनचौपारीले आयुर्वेदिक औषधि बनाउन थालेको हो।
हाम्रा वरिपरि पाइने अमूल्य वनस्पति पहिचानको अभावमा खेर गइरहेको अवस्थामा गण्डकी प्रदेशमै पहिलो पटक अर्जुनचौपारीले आयुर्वेद औषधि निर्माणको अभियान सुरुवात गरेको छ। गाउँघर वरपर पाइने हर्रो, अमला, तुलसी, निम, चुत्रो, हरजुर, घोलटार्पे, पाती, निम, टिमुर, बेसार, एरण्ड आदी लगायतका जडिबुटीको प्रयोग गरी आयुर्वेदिक औषधि उत्पादन गरिने भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए।
एकल रूपमा आमलकी चूर्ण, हरितकी चूर्ण, अश्वागन्ध चूर्ण, जामूनविद चूर्ण जस्ता एकल चूर्णहरू बनाउन सकिन्छ भने मिश्रित रूपमा त्रिफला चूर्ण, सेतोपलादी चूर्ण, त्रिकट चूर्ण लगायतका औषधिहरू निर्माण हुने अर्जुनचौपारीका आयुर्वेद स्वास्थ्य शाखा प्रमुख ललित थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !