जाँचबुझ आयोगले फिर्ता पठायो ओली र लेखकविरुद्धको उजुरी

जाँचबुझ आयोगले फिर्ता पठायो ओली र लेखकविरुद्धको उजुरी
सुन्नुहोस्

काठमाडौं : २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्धको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाएको छ।

फौजदारी कसूरमा संलग्न जोकोहीलाई सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानुनले अख्तियार प्रदान गरेको बताउँदै आयोगले असोज २१ गते प्राप्त उजुरी काठमाडौं परिसरमा फिर्ता पठाएको सदस्य विज्ञानराज शर्माले जानकारी दिए।

उनले जाँचबुझ आयोगलाई २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुको कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझावसहितको प्रतिवेदन पेस गर्ने र भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा राय दिने कार्यदेश पाएको उल्लेख गरेका छन्।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र पूर्वगृहमन्त्रीसमेत रहेका लेखकविरुद्ध काठमाडौं परिसरमा उजुरी दिएको थयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.