नियमित महाधिवेशनलाई लिएर कांग्रेसमा मतभेद्

नियमित महाधिवेशनलाई लिएर कांग्रेसमा मतभेद्
सुन्नुहोस्

काठमाडौं : नियमित महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र मतभेद् देखिएको छ। बिहीबार बसेको पदाधिकारी बैठकमा नियमित महाधिवेशनका विषयमा मतभेद् रहेको प्रवक्ता प्रकाशशरण महतले बताए।

'मंसिरमा नियमित अधिवेशन हुनसक्छ कि सक्दैन। अथवा, केही समय चाहिन्छ भन्ने विषयमा छलफल भयो। त्यसमा केही मतभेद पनि देखिए,' प्रवक्ता महतले भने।

कांग्रेस महामन्त्री गगनकुमार थापाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए। स्रोतका अनुसार महामन्त्री थापाले मंसिर अन्तिम सातासम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए। सोही प्रस्तावमाथि भएको छलफलमा पदाधिकारीहरूले फरक-फरक मत प्रस्तुत गरेका थिए।

सभापति शेरबहादुर देउवामाथि नै आक्रमण भएको अवस्थामा पार्टीलाई झन् एकीकृत बनाएर लैजानुपर्ने केही पदाधिकारीहरूको जोड रहेको स्रोतको भनाइ छ।

त्यस्तै बैठकमा संसद पुनःस्थापनाका विषयमा पनि चर्चा भएको प्रवक्ता महतले बताए। उनले आगामी चुनाव संवैधानिक तवरले नआए पनि दलहरू निर्वाचनका लागि तयार हुनुपर्ने बताए। यद्यपि, संसद पुनःस्थापना पनि विकल्प हुनसक्ने उनको भनाइ छ।

उनले सरकारको रवैयाले चुनाव हुनेमा आशंका रहेको बताए। 'इभिडेन्स हुँदाहुँदै पक्राउ परेका व्यक्तिहरू रिहाइ भइरहेका छन्। आयोगले प्रश्न उठाउँदा उठाउँदै गृहमन्त्रीले जुन प्रकारका कार्य गरिरहेका छन्, त्यसले चुनाव गर्न सम्भव छ त?,' उनले प्रश्न गरे। सरकार गम्भीर नबन्दा देशलाई अनन्तकालसम्म अस्थिरतातर्फ जानसक्ने उनले बताए। विश्व विकास बैंकले गरेको आर्थिक प्रक्षेपण ५.१ बाट २.१ मा झर्नु पनि दुःखद रहेको उनको भनाइ छ।

त्यस्तै बैठकमा सभापति देउवाले सबै एक भएर अगाडि बढ्न सन्देश पठाएका थिए। बैठकको अध्यक्षता गरेका उपसभापति पूर्णबहादुर खड्काले बैठकमा देउवाको सन्देश सुनाएका थिए। ‘सभापतिजीले बैठक बसेर सबै एकताबद्ध भएर अघि बढ्नु भन्ने सन्देश पठाउनु भएको छ,’ उनले भनेका थिए।
पदाधिकारी बैठक भोलि पनि बस्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.