एमाले केन्द्रीय कमिटी बैठक सर्यो
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सरेको छ । बैठकको तयारी नपुगेकाले बैठक सारिएको जनाइएको छ। बैठक यही असोज २९ देखि ३१ गते बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने तय गरिएको थियो ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ । आज जारी पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस !