एमाले सचिवालय बैठक जारी
काठमाडौं : नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा बैठक बसिरहेको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय हुने एमालेले जनाएको छ ।
एमालेले असोज २७ गते देखि गर्ने भनिएको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मलाइ सारेको छ । तयारी नपुगेका कारण बैठक दुईदिन पर सारिएको नेताहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !