कांग्रेसमा आबद्ध युवाद्वारा पार्टी कार्यालयमा धर्ना, विभागहरूमा ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग

कांग्रेसमा आबद्ध युवाद्वारा पार्टी कार्यालयमा धर्ना, विभागहरूमा ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसमा आबद्ध युवाहरूले पार्टीको विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व हुनुपर्ने भन्दै पार्टीको ध्यानाकर्षण गराएका छन्।  

शनिबार पार्टी कार्यालय सानेपामा धर्ना दिँदै उनीहरूले पार्टीको विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधनको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन्। सबै तहका निर्वाचनहरूमा कम्तीमा पनि ४० प्रतिशत युवाहरूलाई पार्टीको आधिकारिक उम्मेदवारको रूपमा अगाडि बढाउनुपर्ने व्यवस्थाको विधानमै उल्लेख गराउनुपर्ने उनीहरूको माग छ। 

त्यस्तै जेनजी उमेर समूहमा कम्तीमा २५% क्रियाशील सदस्य पुर्‍याउन क्रियाशील सदस्यता वितरणलाई तीव्र अगाडि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्। यस्तै निवर्तमान समितिका सभापति, पदाधिकारी तथा सदस्यहरू समेत स्वतः महाधिवेशन प्रतिनिधिका रूपमा आउने व्यवस्थाको अन्त्य गरी चलायमान र जिम्मेवार कांग्रेस निर्माण गर्नुपर्ने आफूहरूको माग रहेको नेविसंघ केन्द्रीय सदस्य आकाश उप्रेतीले जानकारी दिए।

उनीहरूले पार्टीको क्रियाशील सदस्यता वितरण निश्चित मापदण्ड तयार गरी खुला रूपमा जुनसुकै समय लिन सकिने गरी सहज र प्रविधि मैत्री बनाउने माग राखेका छन्।  

पार्टी सञ्चालन र सरकार सञ्चालन फरक विषय भएको हुँदा एकै व्यक्तिलाई दोहोरो जिम्मेवारी प्रदान नगर्न विधानमा व्यवस्था गर्नुपर्ने जनाएका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.