राष्ट्रपति पौडेल डिस्चार्ज
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट भर्ना भएका थिए।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य भएपछि आइतबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि शनिबार बिहान जेनजेसँगको छलफल स्थगित गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !