गाजाबाट सोमबार बिहानदेखि बन्धक फिर्तीको तयारी

गाजाबाट सोमबार बिहानदेखि बन्धक फिर्तीको तयारी
सुन्नुहोस्

तेल अभिव : इजरायलका होस्टेज संयोजक गल हिर्शले गाजाबाट बन्धक फिर्ती प्रक्रिया सोमबार बिहानदेखि सुरु हुने सम्भावना रहेको बताएका छन्। रायटर्सका अनुसार इजरायली सरकारका प्रवक्ताले पनि २० जीवित बन्धक सोमबार बिहान ६ वा ७ बजेदेखि फिर्ता गरिने पुष्टि गरेका हुन्।

इजरायलले रेडक्रससहित सबै तयारी पूरा गरेको जनाएको छ। रेडक्रसका आठदेखि दस सवारीसाधनले बन्धकहरूलाई गाजाबाट ल्याउने जनाइएको छ। इजरायल प्रवेश गरेपछि बन्धकहरूलाई मनोवैज्ञानिक सहयोग र स्वास्थ्य परीक्षणका लागि रिइम क्याम्पमा लैजानेछ। त्यसपछि उनीहरूलाई परिवारसँग भेट गराइने र उपचारका लागि विभिन्न अस्पताल पठाइनेछ।

इजरायलले करिब २८ जना मृत बन्धकहरूको शव पनि गाजाबाट ल्याउने तयारी गरेको छ। रेडक्रसको सवारीले जीवित बन्धकहरू ल्याइसकेपछि मृतकहरूको अवशेष ल्याउनेछ। शवहरूलाई सम्मानपूर्वक अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइनेछ।

हिर्शका अनुसार नेपाली नागरिक विपिन जोशी र तामिर निम्रोदीको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त भएको छैन। उनले हमाससँग उनीहरूको अवस्थाबारे निरन्तर सम्पर्कमा रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.