राजनीतिमा सुनको सुनामी, महरा फेरि पक्राउ

भेपभित्र सुन, सुनभित्र सन्देह

भेपभित्र सुन, सुनभित्र सन्देह
सुन्नुहोस्

काठमाडौं : विद्युतीय चुरोटको मुस्लो धूवाँ राजनीतिक वृत्तसम्म मडारिँदै फेरि पुगेको छ। नेपालीले हतपति नसुनेको ‘भेप’ शब्द पछिल्लो समय भने ‘सुन’ र ‘सत्ता’ सँग जोडिएको छ। त्यही भेपको धूवाँको रेखा पछ्याउँदै प्रहरीले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई देस्रोपल्ट नियन्त्रणमा लिएको छ।

त्रिभुवन विमानस्थल हुँदै आएका भेपका बट्टाभित्र सुन लुकाइएको रहस्य २०७९ पुसमा उदांगिएको थियो। त्यसमै महराको संलग्तालाई लिएर दोहोर्‍याई–तेहोर्‍याई अनुसन्धान भइरहेको छ। सशस्त्र संघर्षका वेला वार्ता टोलीको संयोजकको भूमिकाबाट राष्ट्रिय राजनीतिमा उदाएका महरा पछिल्ला वर्षहरूमा पटक–पटक विवादित पात्र हुन्। यसैबीच अहिले ‘भेप’ प्रकरणले उनलाई फेरि केन्द्रमा ल्याएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यही प्रकरणमा केही दिनअघि उनलाई बयान लिएको थियो। दुई निकायले एउटै मुद्दाको डोरी समातेपछि यो अनुसन्धान केवल कानुनी होइन, राजनीतिक तापक्रम मापन गर्ने सूचकसमेत बन्न पुगेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई भन्सार छली र संगठित अपराधको आरोपमा पक्राउ गरेको हो। प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उक्त भेपभित्र ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको सुन लुकाइएको थियो। त्यो त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कामार्फत बेचबिखन गरी आपराधिक लाभ लिइएको देखिएको छ। ६८ वर्षीय महरामाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिएका छन्।

भेपभित्र लुकाएर ल्याइएको सुनकै अनुसन्धानका क्रममा प्रहरी टोलीले २०८० चैत ५ गते रुपन्देहीबाट महरालाई पक्राउ गरेको थियो। तर, चार दिनमै उनी हाजिरी जमानीमा रिहा भएका थिए। 

के हो घटना ? 
२०७९ पुस १० गतेकै दिन चिनियाँ नागरिक ली हानसोङ फ्लाइ दुबईको उडान नम्बर एफजेड ०५८७ बाट काठमाडौं आइपुगेका थिए। उनले ल्याएको भेपको ७३ बट्टा (७३० थान) मा करिब ९ किलो सुन लुकाइएको थियो। जाँचपासका क्रममा शंकास्पद देखिएपछि भेप भन्सार गोदाममा राखेर अनुसन्धान गरिएको थियो। डेढ महिना गोदाममै राखिएको त्यो सामान त्यतिबेला भन्सार प्रशासक अरुण पोखरेलको जिम्मामा थियो।

अनुसन्धानमा महरा पिता–पुत्रले भेप छुटाउन भन्सार कर्मचारी र बिचौलियासँग पटक–पटक सम्पर्क गरेको तथ्य फेला परेको छ। सुन गायब गराउने प्रयाससमेत भएको देखिएपछि सीआईबीले अनुसन्धान जिम्मा लिएर फाइल खोलेको थियो। त्यस क्रममा महराले २२ पटक र उनका छोरा राहुलले २३४ पटक फोन सम्पर्क गरेको विवरण प्रहरी अनुसन्धानमै समावेश छ।

२०८० असोज २४ गते सीआईबीले अनुसन्धान सकाएर राहुल महरासहित चार जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर गर्‍यो। प्रतिवादीमा लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई काठमाडौं बस्ने दावा छिरिङ र 
निमा गुरुङ परे।
पछि, २०८१ पुस १९ गते भेपमार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरियो। सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले राहुल महरासहित तत्कालीन नासु रेवन्त खड्का, दिनेश खड्का, रोजन राउत, अमृत कार्की, रामकेशव थापा क्षेत्री, ललित थापा, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मगर, बेल्जियम नागरिक दावा छिरिङ र प्रेरणा राउतलाई प्रतिवादी बनाइएको थियो।

तर, त्यो चरणसम्म पुग्दा नेता महरामाथि भने मुद्दा चलाइएको थिएन। अहिलेको पक्राउसँगै यो प्रकरणले फेरि नयाँ मोड लिएको छ, जहाँ राजनीतिक सत्ताको छायाँ र सुनको चमक एउटै कथामा मिसिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.