गाजामा हमास लडाकु र सशस्त्र समूहबीच  झडप, २७ जनाको मृत्यु

गाजामा हमास लडाकु र सशस्त्र समूहबीच  झडप, २७ जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : इजरायली सैन्य कारबाहीको अन्त्यपछि गाजा शहरमा हमास र दाग्मास जनजातिका लडाकुहरू बीच भएको झडपमा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार गाजा शहरको जोर्डन अस्पताल नजिकै नकाबधारी हमासका बन्दुकधारीहरू र दाग्मास लडाकुहरूबीच गोली हानाहान भएको थियो।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले सुरक्षा बलले दाग्मास लडाकुहरूलाई घेरेको र उनीहरू पक्रन गोली हानाहान भएको बताए। गृह मन्त्रालयले सशस्त्र लडाकुको आक्रमणमा आठ हमास सदस्यहरू मारिएको बताएको छ।

स्रोतका अनुसार शनिबारदेखि सुरु भएको झडपमा दाग्माश जनजातिका १९ सदस्य र हमासका आठ लडाकु मारिएका छन्। प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजा शहरको तेल अल-हवा क्षेत्रमा ३०० भन्दा बढी हमास लडाकुहरूको टोली दागाश बन्दुकधारीहरू लुकेको भवनमा प्रवेश गरेपछि झडप सुरु भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.