इजरायली अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

इजरायली अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
सुन्नुहोस्

काठमाडौं : इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी गराएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्।

सो कुरा इजरायलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई अनौपचारिक जानकारी गराएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतले भन्यो,' जोशी जीवित नरहेको खबर प्राप्त भएपनि सबै बन्धकको अवस्था सार्वजनिक नभइन्जेल केही भन्न सकिदैन।' 

हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३  गते अपहरण गरेको थियो। 

उनी अपहरण परेको केही समयसम्मको जीवित भीडियो केही दिनअघि सार्वजनिक भएको थियो।  हमासले आज आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारीमार्फत् इजरायलसमक्ष बुझाउँदै छ। 

विपिन आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र नेपालबाट इजरायल पुगेका थिए। उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए।

त्यहाँ कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपिन घाइते भएर अपहरणमा परेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.