राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृत्यु हुनेको संख्या २० पुग्यो

राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृत्यु हुनेको संख्या २० पुग्यो
आगलागीबाट पूर्णरुपमा जलेको एसी बस। तस्बिर : बीबीसी
सुन्नुहोस्

नयाँ दिल्ली :  भारतको राजस्थानको भाजैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा आगलागी हुँदा २० जना यात्रुको मृत्यु भएको छ। आगलागी पछि मुख्यमन्त्री भजनलाल शर्मासँगै घटनास्थल पुगेका विधायक प्रताप पुरीले बसबाट १९ वटा शव निकालिएको सञ्चारमाध्यमलाई  बताएका छन्।  जोधपुर रेफर गरिएका एक घाइतेको मृत्यु भएको छ।

बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 'राजस्थानको जैसलमेरमा भएको बस आगजनीमा परी ज्यान गुमाउनेहरूप्रति म दु:खी छु। यस कठिन समयमा  उहाँहरूका परिवारहरूसँग छु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु,' प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्।

यसका साथै उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन्। मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको एउटा निजी एसी बसमा अचानक आगलागी भएको  थियो।  धेरै यात्रुहरू गम्भीर रूपमा जलेका थिए। प्राथमिक उपचारपछि उनीहरूलाई जैसलमेरबाट जोधपुर सारिएको थियो।

आगलागीबाट बस पूर्णरूपमा जलेर खरानी भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.