राजनीतिक दलहरूलाई आयोगले भन्यो- निर्वाचनमा सक्रिय रूपमा सहभागी हुनू

राजनीतिक दलहरूलाई आयोगले भन्यो- निर्वाचनमा सक्रिय रूपमा सहभागी हुनू
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन राजनीतिक दलहरूलाई आग्रह गरेको छ। 

बिहीबार काठमाडौंमा आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गर्दै आयोगले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरेको हो। छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले सरकारले निष्पक्ष र भयरहित रूपमा निर्वाचन गर्ने वातावरण बनाउन नसकेको जनाएका थिए।

कांग्रेस नेता मीन विश्वकर्माले वर्तमान सरकार निर्माणका लागि गठन भएपनि निर्वाचन गर्न सरकार तत्पर नदेखिएको बताए। उनले निष्पक्ष रूपमा निर्वाचन हुने वातावरण बनाउन सुझाव दिएको उल्लेख गरे। निर्वाचनमा भाग लिन सबै दलहरू तयार रहेको तर त्यसको वातावरण सरकारले बनाउनुपर्ने सबै दलको सुझाव रहेको उनको भनाइ छ।

त्यस्तै एमालेका नेता गुरु बरालले निर्वाचन गर्न निष्पक्ष, भयरहित वातावरण बनाउनुपर्नेमा सरकारले त्यस्तो वातावरण बनाउन नसकेको धारणा राखे। त्यस्तै माओवादी नेता देव गुरुङले तोकिएको समयमा निर्वाचन हुनुपर्ने भए पनि सरकारले निर्वाचनको वातावरण बनाउनेमा आशंका उत्पन्न भएको बताए। 

सरकारले दलहरूलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा आफूहरूको जोड रहेको उनले बताए। त्यस्तै छलफलमा सहभागी अन्य दलहरूले पनि निर्वाचनमा लागि सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए। 

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो। जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.