कांग्रेस बैठक : महाधिवेशनको मिति तोक्न सुझाव
काठमाडौं : नेपाली कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशनलाई कुनै पनि बहानामा सार्न नहुनेमा जोड दिएका छन् । पार्टी कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा शुक्रबार धारणा राख्ने सदस्यहरूले बैठकले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५ औं महाधिवेशनलई छिटो सम्पन्न गर्नुपर्ने उनीहरुको सुझाव छ ।
बैठकमा जेनजी आन्दोलनपछिको परिस्थिति, संसद विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठन लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेको कांग्रेसले जनाएको छ । बैठक केहि दिन चल्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !