कांग्रेस असन्तुष्ट पक्षधरको अडान : मंसिरभित्र महाधिवेशन गरी नयाँ कार्यसमित चयन गर्नुपर्छ

कांग्रेस असन्तुष्ट पक्षधरको अडान : मंसिरभित्र महाधिवेशन गरी नयाँ कार्यसमित चयन गर्नुपर्छ
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन गर्नुपर्ने अडान कायमै राखेका छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनलाई ढकेल्न खोजेको आशंका समेत गरेका छन् । वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत देखिएको उनीहरूको आरोप छ ।

कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने छुट कसैलाई नभएको बताए।

प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महशुस गरी विशेष महाधिवेशनको माग गरिएको उनले जानकारी दिए । घिमिरेले विशेष महाधिवशेन नभए नियमित महाधिवेशन निर्वाचन अघि नै गर्नुपर्नेमा जोड दिए।

उनीहरूले केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी विधानको मूल भावना, मर्म र क्षेत्राधिकार विपरीत केही सदस्यहरूले आफ्ना धारणा राखेको भन्दै आपत्ति समेत जनाएका छन् । विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयन तर्फ अघि बढ्न उनीहरूले आग्रह समेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.