विपिन जोशीको शव नेपाल पठाइयो, इजरायलमा अन्तिम बिदाइ

विपिन जोशीको शव नेपाल पठाइयो, इजरायलमा अन्तिम बिदाइ
सुन्नुहोस्

तेलअभिव : हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई आज इजरायलले अन्तिम बिदाइ गरेको छ। इजरायलले उनको शव नेपाल पठाएको हो। 

तेलअभिवस्थित बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतको “अपहृत, बेपत्ता र फर्कने समन्वय निर्देशनालय”को तर्फबाट राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो।

समारोहमा अपहृत तथा बेपत्ता समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका प्रतिनिधि जिभ बिलाउस, नेपाल दूतावासका प्रतिनिधि, स्डोट नेगेभ क्षेत्रीय परिषद्का अध्यक्ष तामिर इदान, नेपाल सरकारका प्रतिनिधि र नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो।

जोशीलाई पहिलो महिनामै हमासले अज्ञात किबुत्जबाट अपहरण गरी बन्धक बनाएको र पछि हत्या गरेको पुष्टि गरिएको छ।

समारोहमा जाका संस्थाका अन्तर्राष्ट्रिय विभागका निर्देशक बारुख निडमले पनि सहभागिता जनाउँदै श्रद्धाञ्जली अर्पण गरे। उनले जोशीको स्मृतिमा माला चढाएका थिए। 

उनले भने,ʻजाका संस्थाले जोशी परिवार र नेपाल सरकारको गहिरो शोकमा सहभागी छ। हाम्रो संस्था जहाँ मानिस छन्, त्यहाँ मानवीय सम्मानका लागि काम गर्छ। हामी अपहृत र हत्या गरिएका सबै, चाहे यहूदी हुन् वा विदेशी सबैको सम्मानका साथ रहनेछौँ। आफूहरूको उद्देश्य सबै अपहृतहरू सुरक्षित घर फर्कुन् भन्ने नै हो।ʼ

समारोह इजरायल र नेपाल दुवै देशबीचको मानवीय सहानुभूति र सम्बन्धको गहिरो प्रतीकका रूपमा गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.