मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते
सुन्नुहोस्

टीकापुर : कैलालीको लम्कीचुहामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार ज्यान जानेमा बर्दगोरिया गाउँपालिका-४ निमुवाबोझीका ६४ वर्षका दानबहादुर साउद, ३५ वर्षका हर्क साउद र १६ वर्षका शीतल साउद रहेका छन्। 

सो दुर्घटनामा १२ जना मलामी घाइते भएका छन्। उनीहरू सबैको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए। उनका अनुसार सुपप्र ०१–००२ त ४९९१ नम्बरको ट्याक्टर आज दिउसो १ बजे लम्कीचुहा नगरपालिका-३ स्थित धोबेनी खोला नजिकै दुर्घटना भएको हो। 

दुर्घटनाग्रस्त ट्याक्टर पूर्वपश्चिम राजमार्गबाट तल खसेको छ। दुर्घटनापश्चात ट्याक्टर चालक बर्दगोरिया गाउँपालिका-४ निमुवाबोझीका देवबहादुर बोहरा फरार भएका छन्। प्रहरीले चालक बोहराको खोजी भइरहेको जानकारी दिएको छ। उनीहरू स्थानीय ७४ वर्षका हर्क बोहराको अन्तिम दाहसंस्कारका लागि लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदी किनार गइरहेका बेला दुर्घटनामा परेका हुन। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.