बसमा आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो

बसमा आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं : भारतको हैदरावादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागीमा मृत्यु हुनेको संख्या  १९ पुगेको छ। केही घाइतेहरूको उपचार भइरहेको छ। कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै शुक्रबार बिहान बसमा आगलागी भएको थियो। बसमा ४२ जना यात्रु सवार रहेको बताइएको छ।

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बीबीसी तेलुगुको रिपोर्टका अनुसार एउटा बाइक बससँग ठोक्किएर बसको मुनि गएर तेल ट्यांकीमा ठोक्किएपछि आगलागी भएको आशंका गरिएको छ ।

चालकले बसेको सिट फुटाएर १९ जनाको ज्यान बचाएका थिए। बाँकी २१ जना भने आगोमा फसेका थिए। तीमध्ये १९ जनाको शव फेला परेको हो।

 

यो पनि पढ्नुहोस


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.