गौशाला नगर अस्पतालमा पहिलोपटक शल्यक्रिया
महोत्तरी : गौशाला नगर अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएको छ। बिहीबार दिउँसो २५ वर्षीया महिलाको लोअर सेग्मेन्ट सिजेरियन सेक्सनमार्फत शल्यक्रिया गरिएको हो।
नगरप्रमुख डा. दीपेन्द्र महतोको प्रत्यक्ष निगरानीमा गरिएको सो शल्यक्रिया गरिएको हो। जसमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमरेशकुमार महतो र डा. सञ्जीव यादव मुख्य भूमिकामा रहेका थिए। त्यस्तै डा. बलराम सिंह र डा श्याम साह लगायतका स्वास्थ्यकर्मीको टोलीले उक्त शल्यक्रिया गरेको हो।
उक्त महिलाको गर्भ अवधि ३९ हप्ता ५ दिनको रहेको र जसमा कम उचाई अनि सेफालोपेल्भिक डिसप्रोपोर्शनको साथै प्रसव प्रगति नदेखिएको कारण उनलाई आपतकालीन सिजेरियन सेक्सनमार्फत शल्यक्रिया गरिएको डा महतोले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !